Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

एकै महिनामा जीवन बीमा कम्पनीको १० अर्ब बढी बीमाशुल्क उठ्यो

२०७८ मंसिर १९ गते

बैंकिङ खबर/ जीवन बीमा कम्पनीहरुले एक महिनाको अवधिमा १० अर्ब बढी बीमा शुल्क उठाएका छन् । बीमा समितिका अनुसार कात्तिक महीनामा १९ जीवन बीमा कम्पनीहरुले १० अर्ब १९ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । यी कम्पनीहरुले प्रथम बीमाशुल्क, नविकरण बीमाशुल्क र वैदेशिक रोजगार बीमाशुल्क बापत सो रकम संकलन गरेका हुन् । १९ जीवन बीमा कम्पनीहरुमध्ये सिटिजन लाइफ, सन नेपाल लाइफ, ज्योति लाइफ र नेपाल लाइफले मात्र कुल बीमाशुल्कमा प्रथम बीमाशुल्क, नविकरण बीमाशुल्क बाहेक वैदेशिक रोजगार शीर्षकबाट पनि बीमाशुल्क आर्जन गरेका छन् ।

सबैभन्दा बढी नेपाल लाइफ

नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ । बीमा समितिका अनुसार कात्तिक महिनामा मात्र नेपाल लाइफले २ अर्ब ६४ करोड ४३ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ । यसको प्रथम बीमाशुल्क ६२ करोड ४३ लाख, नविकरण बीमा शुल्क २ अर्ब १ करोड ९४ लाख र वैदेशिक रोजगार बीमा शुल्कवापत ४ लाखभन्दा बढी रकम संकलन गरेको छ । कुल बीमाशुल्क आर्जन गर्नेमा दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल रहेको छ । कर्पोरेशनले कात्तिक महिनामा मात्र १ अर्ब ३३ करोड ६५ लाख कुल बीमा शुल्क आर्जन गरेको हो । यस कम्पनीले प्रथम बीमाशुल्क वापत रू. २३ करोड ८ लाख र नविकरण बीमाशुल्क वापत १ अर्ब १० करोड ५७ लाखभन्दा बढी रकम संकलन गरेको हो ।

सबैभन्दा कम  महालक्ष्मी

महालक्ष्मी लाइफले कात्तिक महिनामा सबैभन्दा कम कुल बीमाशुल्क आर्जन गरेको छ । यस कम्पनीले १० करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो । महालक्ष्मी लाइफले प्रथम बीमाशुल्क वापत ४ करोड १४ लाख र नविकरण बीमाशुल्क वापत ६ करोड ६६ लाख रकम संकलन गरेको बीमा समितिले जनाएको छ ।