Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बर्दिवास, जनकपुर, लाहान र गाईघाटमा “युवासँग–महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न

२०७८ मंसिर १६ गते

बैंकिङ खबर।

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले राष्ट्रिय बीमा जागरण अभियान अन्तर्गत बर्दिवास, जनकपुर, लाहान र गाईघाटमा “युवासँग– महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न गरेको छ।

नव क्षितिज कलेज बर्दिवासमा सुरेन्द्र कुमार चौधरीको अध्यक्षतामा मंसिर १३ गते बिहान संचालित कार्यक्रममा ७० जना युवा विद्यार्थीहरुको उपस्थिति रहेको थियो। कम्पनीका उपक्षेत्रीय प्रमुख लालबहादुर थापाको स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रममा वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले बीमाको महत्व बारेमा प्रकाश पारे।

सिनियर एजेन्सी मेनेजर रोहन घटानीले संचालन गरेको कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले प्रशिक्षण दिएका थिए। सोही दिन दिउसो जनकपुरको मोडेल मल्टिपल कलेजमा संचालित बीमा जागरण कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रशिक्षण दिए। कार्यक्रममा १३० विद्यार्थीको सहभागिता रहेको थियो।

त्यसैगरी मंसिर १४ गते जे. एस. मुरारका बहुमुखी क्याम्पस लाहानमा क्याम्पस प्रमुख तुलसी राम पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्पनीका उपक्षेत्रीय प्रमुख लाल बहादुर थापा मगरले स्वागत मन्तव्य दिए। १३० जना विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठ र बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए। कार्यक्रमको संचालन रोहन घटानीले गरेका थिए ।

मंसिर१५ गते त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटमा पनि “युवासँग- महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न भयो। सहायक क्याम्पस प्रमुख सुभाष पाण्डेको अध्यक्षतामा संचालित प्रशिक्षण कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठ र बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले प्रशिक्षण दिए। ५० जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रमको संचालन उपक्षेत्रीय प्रमुख लालबहादुर थापा मगरले गरेका थिए।