२०७३ भाद्र १७ गते

‘दुर्गम क्षेत्रलाई सुगम बनाउन वित्तीय साक्षरता’ 

Chiranjivi-Nepalगभर्नर डा. चिरञ्जिबि नेपालले वित्तीय साक्षरतालाई प्रभावकारी बनाउन चौतर्फी पहल हुनुपर्ने बताएका छन् । सरकार र त्यसमातहतका निकायसंगै अन्य संघसंस्था व्यक्तिले पनि नागरिक दायित्व ठानेर आफ्नो स्तरबाट सक्नेजति भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई थियो । एक २५ वर्षीय युवा प्रकाश कोइरालाले लेखेको वित्तीय साक्षरतासम्बन्धी ‘फिनलिको’ नामक कार्टुन पुस्तकको विमोचन गर्दै गभर्नर नेपालले खासगरी युवाहरुले वित्तीय साक्षरतामा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए । उनले लेखक प्रकाशको पुस्तकले ग्रामिण भेगका जनतालाई वित्तीय साक्षरता प्रदान गर्ने विश्वास व्यक्त गरे । 

पुस्तकका लेखक प्रकाशले मुलुक २१ औँ शताब्दिमा पुगिसक्दा पनि नागरिकहरुमा वित्तीय साक्षरताको कमी भएको भन्दै आफ्नो स्तरबाट सक्ने पहल गरेको बताए ।  
उनले सबै ठाउँमा मान्छे पुग्न नसक्ने भएकाले पुस्तकमार्पत गाउका मान्छेहरुलाई शिक्षित गराउने उद्देश्यले पुस्तक प्रकाशन गरेको बताए ।  
सो पुस्कतमार्फत उनले लगानी खर्च, ऋण, बचत, उपभोक्ता हित, वित्तीय अनुशासन, वित्तीय योजनालगायतका विषयमा कार्टुनमार्फत सांकेतिक जानकारी गराएका छन् ।