Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

समीट लघुवित्तद्वारा २५.२८ प्रतिशत लाभांश वितरणकाे घोषणा

२०७८ मंसिर १४ गते

बैंकिङ खबर।

समीट लघुवित्तले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश वितरणकाे घोषणा गरेको हो।

लघुवित्तको हाल कायम चुक्तापूँजी ३९ करोड ४३ लाख रुपैयाँको २५.२८५३१६ प्रतिशत अर्थात ९ करोड ९७ लाख रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको हो।

सजिलो लघुवित्तसँग मर्जरपछि भर्खरै एकिकृत कारोबार थालेकोले कम्पनीले वितरण गर्ने बोनशमा कर नलाग्ने कम्पनीले जनाएको छ।

लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपश्चात र लघुवित्तको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

लघुवित्तको बोनश वितरणपश्चात चुक्ता पूँजी ४९ करोड ४० लाख रुपैयाँ पुग्ने बताइएकाे छ।