
बैंकिङ खबर।
महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको “युवासँग महालक्ष्मी लाईफ” कार्यक्रम एकैपटक झापाको सुरूङ्गा, बनेपा र म्याग्दीमा शुक्रबार सम्पन्न भएको छ।
कन्काई क्याम्पस सुरुङ्गामा ९० जना स्नातक तहका विद्यार्थीको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख विकास उप्रेतीले र स्वागत मन्तब्य जागरण अभियानका केन्द्रिय सदस्य अम्बर बहादुर चौहानले गरेका थिए। उक्त कार्यक्रममा बीमा सम्बन्धी प्रशिक्षण प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र बरिष्ठ सहायक महाप्रवन्धक प्रशान्त राज धमलाले प्रदान गरेका थिए। उपक्षेत्रीय प्रमुख गुन्जन थापाले सञ्चालन गरेको उक्त कार्यक्रममा बीमाको महत्वबारे क्याम्पस प्रमुख विकास उप्रेती र मन्तब्य प्राध्यापक टिकाराम घिमिरेले दिएका थिए।
त्यसैगरी पिपुल्स बहुमुखी क्याम्पस, बनेपामा नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको अर्को कार्यक्रममा बीमा सम्बन्धी प्रशिक्षण रामेश्वर श्रेष्ठले र मन्तव्य प्रमुख अतिथि प्रशासन प्रमुख पुष्पराज कोइरालाले दिएका थिए। उक्त कार्यक्रममा स्वागत मन्तब्य बीमा जागरण अभियानका केन्द्रिय सदस्य बिनु कर्माचार्यले गरेका थिए भने कार्यक्रम सञ्चालन बनेपा कार्यालय प्रमुख रिकेश कायस्थले गरे।
सोही दिन कम्पनीले भीम मा.वि., म्याग्दी पालिका-५ देवीस्थानमा विद्यार्थी, शिक्षक र समुदायका युवाहरुसहित ६० जनाको उपस्थितिमा अर्को कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक डम्बर बहादुर घर्ति मगरले गरेका थिए भने प्रमुख अतिथि कम्पनीका क्षेत्रीय प्रमुख जमुना आचार्यले बीमा सम्बन्धी प्रशिक्षण प्रदान गरेकी थिइन्।
उक्त कार्यक्रममा स्वागत मन्तब्य बीमा जागरण अभियानका जिल्ला सदस्य तथा स्थानीय जनप्रतिनिधि राजमति पुनले र समीक्षा मन्तव्य शिक्षक दिनेश ढकालले गरेका थिए। कार्यक्रमको अन्त्यमा प्रधानाध्यापक डम्बर बहादुर घर्ति मगरलेले कार्यक्रम प्रभावकारी रहेको एवं आवश्यक विषयमा जानकारी दिएको भन्दै आयोजकलाई धन्यवाद दिएका थिए।




