
बैंकिङ खबर।
अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी डिजिटल वालेटले एशियन इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क ‘खल्ती’ बाट सिधै तिर्न सकिने सुविधा संचालनमा ल्याएको छ।
डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सेवा ल्याइएको हो।
एशियन इन्स्योरेन्स कम्पनी
एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा ऐन २०४९ बमोजिम बीमा समिति (नेपाल बीमा नियामक प्राधिकरण) बाट २७ फेब्रुअरी, २०६४ (फाल्गुन १५, २०६४) मा आफ्नो सञ्चालन अनुमतिपत्र प्राप्त गरी ३ अप्रिल, २००८ (चैत्र २१, २०६४) मा काम गर्न थालेकाे हाे। संस्थाले देशव्यापी रुपमा १४० शाखा सञ्जाल मार्फत सेवा पुर्याइरहेको छ।
यो सुविधा कार्यान्वयनमा आएसँगै अब एशियन लाइफ इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क छिटो, छरितो तथा सहजरुपमा भुक्तानी गर्न सकिने भएको छ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क ‘खल्ती’ बाट यस प्रकार तिर्न सकिन्छ:
• ‘खल्ती’ एप लग-इन गरि “इन्स्योरेन्स” आइकन मा ट्याप गर्ने
• “एशियन लाइफ इन्स्योरेन्स” सेलेक्ट गर्ने
• “DOB” र “Policy Number ” भर्नुहोस् र विवरणहरू प्राप्त गर्न ट्याप गर्नुहोस्
• अब सम्पूर्ण विवरण दाखिला गरि “प्रोसिड टु पे” मा क्लिक गर्ने
रु. ५००० माथिको नवीकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ‘खल्ती’ केवाईसी भने अनिवार्य रुपमा भेरिफाई गराएको हुनु पर्नेछ।
‘खल्ती’ डिजिटल वालेट
२० लाख भन्दा बढी प्रयोगकर्ताहरु भएको ‘खल्ती’ले बिगत चार वर्ष भन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तररुपमा योगदान पुर्याउँदै आइरहेको छ। ”खल्ती” वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ।
‘खल्ती’ एप HYPERLINK “https://bit.ly/KhaltiDownload-PR”Khalti.com/app मा गइ डाउनलोड गर्न सकिन्छ।




