Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रभु इन्स्याेरेन्सको नाफा १६ दशमलव १७ प्रतिशतले वृद्धि

२०७८ मंसिर २ गते

 

बैंकिङ खबर।

प्रभु इन्स्याेरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा छ करोड ५४ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा १६ दशमलव १७ प्रतिशतले वृद्धि गरेको हो। समीक्षा अवधिसम्ममा कम्पनीको खुद बीमा शुल्क आम्दानी छ दशमलव १४ प्रतिशतले बढेर २३ करोड ६५ लाख ८६ हजार रुपैयाँ पुगेको छ। कम्पनीकाे बीमा कोषमा ८३ करोड २८ लाख रुपैयाँ छ।

प्रभुको जगेडा कोषमा नौ दशमलव ७६ प्रतिशतले बढेर २५ करोड ८३ लाख ७४ हजार रुपैयाँ जम्मा भएको छ। यस अवधिसम्ममा इन्स्याेरेन्सको प्रतिशेयर आम्दानी भने छ रुपैयाँ कायम भएको छ। त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ २०१ रुपैयाँ छ।