Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘नेपाल राष्ट्र बैंक विधेयक’सहित चार आर्थिक विधेयक पारित

२०७३ भाद्र १६ गते

artha mantralayaव्यवस्थापिका संसदको बिहीबारको बैठकले अर्थमन्त्रालय सम्बद्ध चारवटा विधेयकहरुलाई पारित गरेको छ । बैठकले “कर्मचारी संचय कोष (नवौं संशोधन) विधेयक, २०७३”, “लेखा परिक्षण (पहिलो संशोधन) विधेयक, २०७३”, “नेपाल राष्ट्र बैंक (दोस्रो संशोधन) विधेयक, २०७३” तथा “निक्षेप तथा कर्जा सुरक्षण कोष विधेयक, २०७३”लाई पारित गरेको हो । संसदको बिहीबारको बैठकमा उपप्रधान एवं अर्थमन्त्री महराले उक्त ४ विधेयकहरुलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए भने बैठकले कर्मचारी संचयकोष विधेयकलाई सर्वसम्मतीले तथा अन्यलाई बहुमतले पारित गरेको हो । संसद बैठक भदौ २० गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।