Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

छिमेक लघुवित्तको २७ प्रतिशत लाभांश घोषणा

२०७८ मंसिर २ गते

बैंकिङ खबर।

छिमेक लघुवित्तले गत वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले शेयरधनीलाई २७ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने करसहित तीन प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र छिमेकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ। कम्पनीले हाल कायम एक अर्ब ८३ करोड रुपैयाँ चुक्ता पुँजीमा उक्त लाभांश वितरण गर्न लागेको जनाएकाे छ।