महालक्ष्मी फाइनान्स, मालिका विकास बैंक र सिद्धार्थ फाइनान्स एकआपसमा गाभिएर महालक्ष्मी विकास बैंक बनेको छ । यी सस्था गाभिएर राष्ट्रिय स्तरको विकास बैंक बनेको हो ।
यी तीन वटा सस्था गाभिएर बनेको नयाँ संस्थाले आगामी आइतबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । यसका लागि तीन वटै सस्थाले शुक्रबार सबै शाखा बन्द गर्ने भएका छन् । हिसाब मिलान तथा वित्तीय विवरण एकिकृत गर्न तीन वटै सस्थाका सबै शाखा तथा मुख्य कार्यालयहरु बन्द गर्न लागिएको हो ।
मालिका धनगढीमा मुख्य कार्यालय रहेको १० जिल्ले विकास बैंक हो भने महालक्ष्मी फाइनान्स राष्ट्रियस्तरको फाइनान्स कम्पनी हो । त्यस्तै भैरहवामा केन्द्रिय कार्यालय रहेको सिद्धार्थ फाइनान्स पनि राष्ट्रिय स्तरको फाइनान्स कम्पनी हो ।
