टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले कालिञ्चोक डेभलपमेन्ट बैँक लिमिटेड र मातभुमी विकास बैँक लिमिटेडलाई खरिद गर्ने भएको छ । बैंकको बुधबार सम्पन्न विशेष साधारणसभाले यी दुई संस्था प्राप्ती गर्नेसम्बन्धि विशेष प्रस्ताव पारित गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्विकृत गरेपछि कार्यान्वयनमा आउनेछ ।
साथै बैंकले प्राप्ती पछि कायम हुन आउने चुक्ता पूँजीको आधारमा शतप्रतिशत अर्थात १ ः १ अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ ।