Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

पुस १२ गतेदेखि ‘बैंकिङ जव ओरीन्टेशन’ ट्रेनिङ हुँदै

२०७८ मंसिर २७ गते

बैंकिङ खबर ।  बैंकिङ एण्ड मेनेजमेन्ट ट्रेनिङ इन्स्टिच्युटले म्यानेजमेन्ट स्टुडेन्टलाई लक्षित गरि बैंकिङ करियर बनाउन चाहाने तथा बैंकमा रोजगारी गर्न चाहानेका लागि पाँच दिने बैंकिङ ट्रेनिङ संचालन गर्ने भएको छ । बैंकिङ क्षेत्रमा यतिबेला रोजगारीका प्रशस्त ढोकाहरु खुलेका छन् । तथापि, सम्बन्धित विषयमा नै अध्ययन गरेका विद्यार्थीहरुमा समेत व्यवहारिक ज्ञान एवम् बैंकिङ सम्बन्धी जानकारी पर्याप्त नभएका कारण बैंकको ढोकासम्म पुगेर विद्यार्थीहरु फर्किनुपर्ने अवस्था छ । 

ट्रेनिङमा बैंकिङ विज्ञ, बैंकर्स र केन्द्रीय बैंकका प्रशिक्षकहरुले प्रशिक्षण दिनेछन् । बैंकिङ ट्रेनिङ सम्बन्धी थप जानकारीका लागि bmti.com.np, 015908977, ९८६१३१५११७, ९८४३८०८५८६ मा सम्पर्क गर्न सकिनेछ ।