२०७३ भाद्र १४ गते

सगरमाथा फाइनान्स कम्पनीमा जागीर खुल्यो : फ्रेसरलाई पनि अवसर

sagarmathaसगरमाथा फाइनान्स कम्पनीमा १८ जनाका लागि जागीर खुलेको छ । ललितपूरस्थित मानभवनमा केन्द्रीय कार्यालय रहेको कम्पनीले जुनियर एसिस्टेन्ट ११ जना, एसिस्टेन्ट ३ जना, मार्केटिङ सुपरभाइजर १ जना, एसिस्टेन्ट अफिसर एकाउन्ट र क्रेडिटमा गरी २ जना र अफिसर १ जना काग गरेको हो । 

कम्पनीले उपत्यका बाहिरका शाखाहरुका लागि माग गरेको जुनियर एसिस्टेन्ट पदमा रहेर काम गर्न चाहनेले व्यवस्थापन या कानुनमा प्रथम श्रेणीमा स्नातक उतीर्ण गरेको हुनुपर्ने छ । नेपाली र अंग्रेजी दुबै भाषा लेख्न र बोल्न जान्ने, माइक्रोसफ्ट अफिस चलाउन जान्ने र उमेर २५ वर्ष ननाघेका व्यक्तिले आवेदन दिन सक्नेछन् । अनुभव नभएकालाई पनि स्थान दिइने बताइएको छ । स्थानीयलाई बढी प्राथमिकता दिइने कम्पनीले जनाएको छ । 

त्यस्तै, आईटी, प्रशासन र कानुन विभागका लागि खुला गरिएको एसिस्टेन्ट पदमा रहेर काम गर्न चाहनेले स्नातक या स्नातकोत्तर गरेको हुनुपर्नेछ । साथै, कम्तीमा १ वर्ष सम्बन्धित क्षेत्रमा काम गरेको हुनपर्नेछ भने २५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ । 

मार्केटिङ सुपरभाइजर बन्न चाहनेले व्यवस्थापन संकायमा स्नातकोत्तर अथवा स्नातक गरेको हुनुपर्नेछ भने बैंक तथा वित्तीय संस्थाको मार्केटिङ डिपार्टमेन्टमा २ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । उमेर ३० वर्ष ननाघेको हुनुपर्नेछ । 

एसिस्टेन्ट एकाउन्ट अफिसर बन्न चाहनेले कमर्समा स्नातकोत्तर गरेको हुनुपर्नेछ भने कम्तीमा ३ वर्ष बैंक तथा वित्तीय क्षेत्रमा एकाउन्ट, सुपरभाइजर वा सोभन्दा माथिको पदमा रही काम गरेको हुनुपर्नेछ । साथै, राष्ट्र बैंकसँग सम्बन्धित र अन्य नियमहरु जानेको, कम्प्युटरसम्बन्धि दक्षता भएको र उमेर ३५ वर्ष ननाघेको हुनुपर्नेछ ।

एसिन्टेन्ट क्रेडिट अफिसर बन्न चाहनेले कमर्स अथवा कानुनमा स्नातकोत्तर वा स्नातक गरी बैंक तथा वित्तीय संस्थाको क्रेडिट डिपार्टमेन्टमा सुपरभाइजर वा सोभन्दा माथिको पदमा रही ३ वर्ष काम गरेको, ऋण तथा मार्केटिङ सम्बन्धि जानकारी भएको र उमेर ३५ वर्ष ननाघेको हुनुपर्नेछ ।

त्यसैगरी, कम्पनीले क्रेडिट डिपार्टमेन्टकै लागि अफिसर माग गरेको छ । यस पदमा रहेर काम गर्न चाहनेले कमर्समा स्नातकोत्तर प्रथम श्रेणीमा उतीर्ण गरी बैंक तथा वित्तीय संस्थाको क्रेडिट डिपार्टमेन्टमा एसिस्टेन्ट अफिसर भएर ५ वर्ष काम गरेको, क्रेडिट डिपार्टमेन्टभित्र रहेर गर्नुपर्ने सम्पूर्ण काम जानेको, टिमको नेतृत्व बहन गर्न सक्ने र कम्प्युटरसम्बन्धि राम्रो ज्ञान भएको ३५ वर्ष उमेर ननाघेको हुनुपर्ने कम्पनीले जनाएको छ । 

माथि तोकिएका योग्यता पुगेका र इच्छुक नेपाली नागरिकले १२ सेप्टेम्बर अर्थात भदौ २७ गतेभित्र निवेदन र आफ्नो योग्यता झल्काउने सम्पूर्ण कागजातसहित हालसालै खिचेको एक प्रति पासपोर्ट साइजको फोटो न्एइ द्ययह ८९७५, भ्एऋ २७९० काठमाडौँ, नेपालमा पठाउनुपर्नेछ ।