Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

एन.आई.सी एशिया लघुवित्तद्धारा शाखा व्यवस्थापन तालिम सम्पन्न

२०७८ भाद्र ९ गते

बैंकिङ खबर । एन.आई.सी एशिया लघुवित्त वित्तीय संस्था लि.ले लुम्बिनी प्रदेश र कर्णाली प्रदेश अन्तर्गत बाँकेको कोहलपुर, दाङ्गको लमही, सुर्खेतको विरेन्द्रनगर र सल्यानको सल्लिबजार, कैलालीको लम्किचुहा गरी २५० जना भन्दा बढी कर्मचारीहरुलाई विभिन्न मितिमा १ दिने व्यवसाय प्रवद्र्धन, व्यवसाय विस्तार तथा शाखा व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न गरेको छ ।

संस्थाका कर्जास्वीकृति विभागका विभागीय प्रमुख गोपीचन्द्र ढुङगाना, व्यवसाय प्रवद्धर्न विभागका राकेश श्रेष्ठ र कर्जा विभागका रमेश खनालले कर्मचारीहरुलाई नयाँ आर्थिक वर्ष २०७८/७९ को लक्ष्यको जानकारी, व्यवसाय विस्तारका रणनीतिहरु, शाखा तथा जोखिम व्यवस्थापन, कर्जाको गुणस्तरीयता, समुह प्रवेश पूर्व तालिम र कर्मचारी उत्प्रेरणा लगायतका विषयवस्तुहरु प्रशिक्षण दिनुभएको हो ।

यस आर्थिक वर्षमा लघुवित्त क्षेत्रकै सबल, सक्षम एवं विश्वसनीय लघुवित्त बनाउनका लागि यस्ता खालका तालिम कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्ने र कर्मचारीहरुले सदस्यहरुलाई कर्जा सेवा प्रवाह गर्दा परिस्कृत सेवा दिन सक्ने कर्जा स्वीकृति विभागका विभागीय प्रमुख गोपीचन्द्र ढुङगाना बताउनुभयो । वित्तीय संस्थालाई आम जनमानसले गरेको प्रगाण विश्वास, अगाध स्नेह र वित्तीय संस्था प्रतिको भरोसाले गर्दा यो वित्तीय संस्थाले मुलुकभर ७३ जिल्लामा २७२ शाखा कार्यालयहरुमार्फत सेवा प्रदान गर्दै आइरहेको छ । साथी संगै सवल बन्दै भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस एन.आइ.सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट देशकै सबै भन्दा ठूलो शाखा संजाल र चुक्ता पूँजी भएको देशकै एक ठुलो सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित भएको छ ।

त्यस्तै उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बंकै तथा वित्तीय संस्थाहरुकोउपस्थिति न्युन रहेकोदुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा पनि सोहि अनुरुप कार्य गर्ने संस्थाले जनाएको छ ।