Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपाल इन्भेष्टमेन्ट बैंकले आठ अर्ब चुक्ता पुँजी पुर्यायो  

२०७३ भाद्र १२ गते

investment bankवाणिज्य बैंकहरुमध्ये सबैभन्दा पहिलोपटक लाभांसको घोषणा गरेको नेपाल इन्भेष्टमेन्ट बैंक नेपाल राष्ट्र बैंकले तोकेअनुसार चुक्ता पुँजी पुर्याउने पहिलो बैंक बनेको छ । बैंकले २० प्रतिशत बोनस सेयर र २१ प्रतिशत नगद लाभांस गरी कूल ४१ प्रतिशत लाभांस घोषणा गरेको छ । गत वर्ष बैंकले २ अर्ब ५५ करोड ८ लाख रुपैयाँ नफा कमाएको थियो ।

यो घोषणासँगै बैंकको चुक्ता पुँजी ८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । निजी क्षेत्रद्धारा प्रवद्र्धित वाणिज्य बैंकहरुमध्ये सबैभन्दा पहिलोपट ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याएको हो । राष्ट्र बैंकले २०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको थियो ।