Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

एलआईसी नेपालद्धारा मृतक परिवारलाई दाबी रकम भुक्त्तानी

२०७८ श्रावण २९ गते

बैंकिङ खबर । लाईफ ईन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड एलआईसी दमौली शाखाले जिबन बिमा दाबी बापतको रकम हस्तान्तरण गरेको छ ।
चितवनको इच्छाकामना गाउँ पालिका–४ का वडा अध्यक्ष स्वर्गिय होम बहादुर राना मगरको परिवारलाई एक कार्यक्रमको आयोजना गरी मंगलवार सो रकम हस्तान्तरण गरिएको हो । मृतक रानाले चार बर्ष अघि १० लाखको जिबन बिमा गरेका थिए ।
कम्पनिले हाल बोनस सहित ११लाख ४१ हजार एक सय बीस रूपिया दाबी भुक्तानी गरेको हो । उक्त रकम दमौली शाखाका शाखा प्रबन्धक सुदीप ज्ञवाली, सिनियर एजेन्सी म्यानेजर ईश्वर बहादुर थापाले सयूक्त रुपमा स्वर्गिय रानाकि श्रीमति मन्जु राना लाई हस्तान्तरण गरेका हुन् । होम बहादुर रानाको २०७७ माघ २० गते बिरामी भएर उपचार को क्रममा निधन भएको थियो ।