Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

द भ्वाइस नेपालका बिजेताहरुलाई प्रभु पे द्धारा स्वागत र बधाई

२०७८ श्रावण २८ गते

बैंकिङ खबर । द भ्वाइस नेपाल सिजन ३ मा बिजेता भएकाहरुलाई प्रभु पे ले स सम्मान बधाई ज्ञापन गरेको छ । द भ्वाइस नेपालको भोटिङ पार्टनर रुपमा समेत रहेको प्रभु पे ले बुधबार एक कार्यक्रम आयोजना गरि बधाईका साथै मायाको चिनो समेत हस्तान्तरण गरेको हो । कार्यक्रममा प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचनले विजेताहरुलाई मायाको चिनो सहित बधाई दिएका थिए ।

कार्यक्रममा प्रभु पे की अध्यक्ष कुशुम लामा सहित अन्य कर्मचारी तथा द भ्वाइस नेपालका बिजेताहरुको उपस्थिति रहेको थियो । गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ को यसपटकको उपाधि भूटानी शरणार्थी युवा किरण गजमेरले जितेका हुन् । टप-४ मा पुगेका अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै सर्वाधिक भोटका आधारमा उनले उपाधि जितेका हुन् । मन पर्ने प्रतिभालाई भोट गर्न देश तथा विदेशमा रहेका दर्शकहरूले प्रभु पे को एप डाउनलोड गरी भोट दिएका थिए । एसएमएस र प्रभु पे मार्फत गरिएको भोटिङका आधारमा ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को बिजेता घोषित भएका हुन् । यसपटक कोरोना माहामारीका कारण डिजिटल अडिसनमा सहभागी भएका करिव ४० हजार आवेदकबाट छानिएका १ सय २० जनाले ‘ब्लाइन्ड अडिसन’मा कोचको सामना गरेका थिए ।