Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

प्राइम बैंकमा खुल्यो रोजगारी, कहिलेसम्म दिने आवेदन ?

२०७८ श्रावण १९ गते


बैंकिङ खबर/प्राइम कमर्सियल बैंकमा विभिन्न तहका लागि रोजगारी खुलेको छ । बैंकले अफिसर, शाखा प्रबन्धक, रिलेशन म्यानेजर/अफिसर, गोल्ड लोन सुपरभाइजर/असिस्टेन्ट, डिजिटल बैंकिङ र ट्रेनी असिस्टेन्टको माग गरेको हो ।

बैंकले उक्त विभिन्न तहको लागि कम्तिमा ३ वर्षदेखि ५ वर्षसम्मको बैंकिङ अनुभव हुनुपर्ने जनाएको छ । त्यस्तै ट्रेनी असिस्टेन्टको लागि भने स्नातक तह पास हुनुपर्ने उल्लेख गरेको छ । अनुभव र इच्छुक आवेदकहरूले आगामी साउन २८ गतेसम्ममा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।