
बैकिङ खबर । नेशनल माईक्रोफाइन्स लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय सुडा कञ्चनपुर अन्र्तगत सेवाकेन्द्रमा दोधारा चाँदनी नगरपालिका वडा नं ८ मा सञ्चालित मितिनी महिला समुहमा आवद्व सदस्य कमला थापालाई दुर्गा सिं थापाको मृत्युमा काजक्रिया खर्च हस्तान्तरण गरिएको छ । निज सदस्यको श्रीमानको जेठ ३० गते सर्पदन्सका कारण अकालमै ज्यान गएको थियो । नेशनल माईक्रोफाइनान्सले निज सदस्यको मृत्युमा ग्राहक संरक्षण कोष अन्र्तगत रु १२ हजार ५ सय समुह सदस्यहरुको उपस्थितीमा समुह मिना देवी गुरुङ तथा सहायक जनक राज पन्तद्धारा संयुक्त रुपमा हस्तान्तरण गरिएको थियो ।
राष्ट्रिय कार्यक्षेत्र भएका नेपाल राष्ट्र बैंक द्वारा स्वीकृत प्राप्त घ वर्गको नेशनल लघुवित्तले आफ्ना सदस्यहरुको संरक्षणमा ग्राहक संरक्षण कोष अन्र्तगत काजक्रिया खर्च ,सुत्केरी खर्च ,विभिन्न राहत सुविधा एवम् प्राकृतिक एवम् दैविक प्रकोपमा सदस्यहरुलाई राहत तथा सहयोग गदै आईरहेको छ । पुर्व मेचि देखि पश्चिम महाकालीसम्म स्थापनाको छोटो अवधिमै शाखा सन्जाल विस्तार गरी ग्राहक सदस्यको मन जित्न सफल भएको छ ।


