२०७३ भाद्र १० गते

इन्टरनेशनल लिजिङ एन्ड फाइनान्स कम्पनी सिभिल बैंकमा गाभिने

सभिल बैंक लिमिटेडमा  इन्टरनेशनल लिजिङ एन्ड फाइनान्स कम्पनी लिमिटेडलाई गाभ्ने (मर्जर) सम्वन्धि प्रस्तावलाई बैंकको विशेष साधारण सभाले स्विकृत गरेको छ । उक्त विशेष साधारण सभाले दुवै संस्थाको सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन अनुसार सिभिल बैंकको प्रिमियम मूल्यसहितको प्रतिशेयर १११.०८ रूपैयाँ बराबर इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनीको ८३ रूपैयाँ कायम हुने प्रस्ताव पारित गरेको छ । अव सिभिल बैंकका शयरधनीलाई एक कित्ता बराबर ११.८ रूपैयाँ प्रिमियम प्रदान गरिने छ भने फाइनान्सका लगानीकर्तालाई प्रति कित्ता सिभिल बैंकको ०.८३ कित्ता शेयर दिइने छ । DSC_5857

सिभिल बैंकमा उक्त फाइनान्स गाभिएपछी बैंकको चुक्ता पूँजी ५ अर्व ९ करोड रुपैँया पुग्नेछ । मर्जर पछी बैंकको नाम सिभिल बैंक लिमिटेड नै रहने र  बैंकको संचालक समिति एवं उच्च व्यवस्थापनमा कुनै परिवर्तन नहुने बैंकले जनाएको छ । मर्जर पछी बैंकको शाखा संख्या ५३ हुनेछ । सिभिल बैंक लिमिटेडले गत आर्थिक वर्षमा ३३.६६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।