
बैंकिङ खबर/गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमा रकम हस्तान्तरण गरेको छ । सोमबार वित्तीय संस्थाले पीडित परिवारलाई बीमा रकम हस्तान्तरण गरेको हो । संस्थाको पोखरा ले.न.पा. ३० स्थित रियाले गणपति महिला समुहकी सदस्य स्व.साबित्री ढकालको निधन भएपछि सदस्यले पाउने बीमा वापतको रकम आज एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको लघुवित्त वित्तीय संस्थाले जनाएको छ । सो रकम मृतकको छोरा बसन्त ढकाललाई बीमा वापतको रकम रु.१,३७,५०० रुपा.गा.पा .६ खोलाको छेउ कास्कीका शाखा प्रमुख कुला प्रसाद न्यौपानेले हस्तान्तरण गरेका हुन् ।
न्यौपानेका अनुसार समुहका सदस्यले कर्जा लिए वापत बैंकको बीमा नियम अनुसार सदस्यको कालग तिले मृत्यु भएमा बीमाड्ढ रकम भुक्तानी गरीने र दुर्घटनाको कारणले मृत्यु भएमा बीमाङ्क बराबर रकममा थप १०० प्रतिशत, दुर्घटनाको कारणले पुर्ण रुपमा स्थायी अपाङ्ग भएमा बीमाङ्क बराबर रकमको २०० प्रतिशत, दुर्घटनाको कारणले आंशिक अंगभंग भएमा बीमाङ्क बराबर रकमको ५० प्रतिशत साथै सदस्यको काजक्रिया खर्च बीमाङ्कको २५ प्रतिशत क्षतिपुर्ति वापतको रकम दिने व्यवस्था गरिएको शाखाका प्रमुख कुला प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।


