ऋणीहरुको हितका लागि भन्दै लघुवित्त संस्थाहरूले छुट्टै कोष खडा गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार लघुवित्त बैंकहरुले अलग्गै कोष खडा गर्ने तयारीमा लागेका हुन् । ऋणीहरूमा समस्या देखिएमा उनीहरूको सहयोगका लागी उक्त कोषको प्रयोग गर्न सकिनेछ । त्यस्तै, ऋणीहरूलाई तालिम दिएर कर्जा लिन सक्ने र कर्जाको सही सदुपयोग गर्न क्षमताको विकास गर्नसमेत कोषको प्रयोग हुने बताइएको छ ।
केन्द्रीय बैंकको प्रावधानअनुसार २० प्रतिशतसम्म लाभांश वितरण गर्ने संस्थाहरूले आफ्नो नाफाको १ प्रतिशत र सोभन्दा माथि लाभांश वितरण गर्ने संस्थाहरूले २० प्रतिशत माथिको रकमको २५ प्रतिशत रकमसमेत उक्त कोषमा जम्मा गर्नुपर्नेछ ।



