Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
दृष्टिकोण

‘सरकारलाई बैंक/वित्तका कर्मचारीको पसिनामाथि आँखा लगाउने अधिकार छैन’

२०७८ असार १८ गते

 

सुशीला थापा / अहिले बैंकवित्तका कर्मचारीलाई जुन डर, त्रास र जबरजस्ती गरेर सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न चलखेल हुँदैछ । यो कार्य एकदम निन्दनीय छ । अनेक बखेडा गरेर काम गर्ने बेलामा धम्की, डर, त्रास नफैँलाऊ । सक्छौं भने जुन सामाजिक सुरक्षाको योजना छ । जुन योजनामा विभेद छैन । त्यो लिएर आऊ । हामी खुसीका साथ स्वागत गर्नेछौं ।

हामीलाई सामाजिक सुरक्षाको सट्टा सामाजिक असुरक्षाको सिर्जना मान्य हुनेछैन । यो समय भनेको काम गर्ने बेला हो । हाम्रा लागि हरेक दिन अमुल्य छ । जसलाई हामी सबै मिलेर देश विकासतर्फ लाग्ने आधार अगाडी बढाऔँ । राजनीतिको फोहोरी खेल हामीलाई कदापी मान्य हुने छैन् । आफ्नो मेहेनत र पसिनाको कमाई कता के गर्ने ? यो हाम्रो अधिकारको कुरा हो । जुन अहिले विभेद गर्दै आइरहेको छ । निजी निकाय पनि देश विकासका लागि एक सार्थक र अपरिहार्य छ । सक्छौं भने जुन विभेद हुँदै आएको छ । त्यसको सुरक्षा गर । नामको मात्र सामाजिक सुरक्षा तर सामाजिक असुरक्षातिर एक एक पसिना र कमाइको खिल्ली उठाउन हामी कदापी दिने छैनौं ।

हरेक मानिसले आफ्नो सुरक्षाको चाहना राख्दछ र उसलाई आफ्नो पूर्ण अधिकार पनि छ । जस्तो कि एउटा किसानले एक माना धानबाट सयाैँ मुरी उब्जाउँछ । र त्यसकै लागि वर्ष भरी आफ्नो दिन रात नभनी खेतबारीमा जीवन व्यतित गर्छ । हामी सुरक्षा चाहन्छौ, सामाजिक असुरक्षा होइन । आज लाखाैँ नेपाली देशको असमान्य अवस्था देख्दादेख्दै आफ्नो जीवन सुनिश्चित पार्नको लागि रातदिन विदेशिदै छन् सरकार । खास देशमै हाम्रो रोजगार सुरक्षित भइदिए कति सुनमा सुगन्ध हुने थियो । बैंकका कर्मचारी जो दिनरात नभनि देशको लागि निरन्तर लागि रहन्छन् । उनीहरुको मेहनतको पसिनामाथि आँखा लगाउने कुनै अधिकार छैन । हामी यसको विरुद्धमा लड्न अनेकौ चुनौतीको सामना गर्न तयार छौँ । यदि कुरा सरकार सामु पुग्न आवश्यक छ । अहिले चौतर्फी जुन सामाजिक सुरक्षा कोषको विरुद्ध आवाज उठ्दै आइरहेको छ । सरकार शब्द जुन आफैँमा महान छ तर उसको कार्य लुटतन्त्र, नेतातन्त्र र राजनीतिकको घिनलाग्दो खेलले गर्दा जुन जोस जागरका साथ हामी लागिरहन्छौँ । अहिले आफैँ असुरक्षित, घिनलाग्दो खेलको पात्र बन्न पुगेको महसुस भइरहेको छ । धिक्कार छ सरकार । जसले मेहनतको पसिना र रगतमाथि गिद्धे नजर र राजनीति खेल गर्न लाग्दैछ । त्यति कमजोर नठान पक्कै हामी एक सच्चा इमान्दार कर्मचारी हामी आफ्नो अधिकार सुनिश्चित गरेरै छाड्न्नेछौं ।

सबैले साथ दिन जरुरी छ 

हाम्रो विरोध सामाजिक सुरक्षा कोषविरुद्ध हुँदै आइरहेको छ । सबै बैंकका कर्मचारी यसको विरोधमा छन् । सामाजिक सुरक्षा कोष जुन सुन्दा प्रिय लाग्छ । सामाजमा बस्ने सबै निम्न वर्गका मानिसको सुरक्षा गर्नुपर्ने एक कोष जसले अहिले बैंकका कर्मचारी लगायत अन्य वर्ग समेत आन्दोलित हुनुपर्ने अवस्था आएको छ । यो सन्दर्भ सबैको मनमा बस्दै आएको छ । जसरी हामी आफ्नो मेहनतको कमाई आफैँलाई के गर्ने, कसो गर्ने अधिकारबाट वञ्चित गर्दै छ यो सरकार । लाग्थ्यो हाम्रो लोकतन्त्रको देशमा हामी सुरक्षित छौं । तर एक बैंकर भएको हिसावले लाग्दै छ कि कतै म विदेशीएर गएको भए म सरक्षित हुने थिए की ? बैंकर कर्मचारी जुन आफैँमा शिक्षित वर्ग पदर्छन् । बैंक एक अति आवश्यक रुपमा पर्दछ । उनीहरुको लागि अब सोच्नुपर्ने अवस्था आएको छ । सरकार तथा हाम्रैे बैंकको पनि बैंक मानिने राष्ट बैंकले समेत यस विरुद्धमा कर्मचारीलाई साथ दिनुपर्छ ।  ताकी कर्मचारी शिक्षित वर्ग विदेश जाने दिन नआओस् । अर्को तर्फ आज जुन निजि कम्पनी र सकारी कम्पनीबीच भेदभाव हुँदै छ । यसको जिम्मेवार को ?, त्यसकारण आज सबैले यसबारे सोच्नुपर्ने देखिन्छ । आफ्नो सम्पत्ति के गर्ने के नगर्ने भन्ने अधिकार हरेक व्यक्तिलाई हुन्छ, यो सर्बमान्य नीति हो । तथापी सामाजिक सुरक्षा कोषका नाममा सरकारले अघि सारेको नीतिले जबरजस्ती गरेको देखियो । यो आज बैंकवित्तका कर्मचारी माथि दवाव दिएर लादिन खोजिएको छ । भोलि अरु निकाय र नीजि व्बबसायमा पनि प्रवेश गर्ने निश्चित छ । यो सुरुवाती हो, यसका अरु चरणहरु आउँनेवाला छन् । यसअर्थ अहिले बैंकवित्तका कर्मचारीले गरेको आन्दोलनमा सबैले साथ दिन जरुरी छ  … ‘सयौँ थगा फुलका हामी एउटै माला नेपाली ’