Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा संस्थानको प्रशासकमा कवि पाठकको पुनर्नियुक्ति

२०७८ असार ९ गते


बैंकिङ खबर/राष्ट्रिय बीमा संस्थानको प्रशासकमा कवि प्रसाद पाठक पुनर्नियुक्त हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पाठकलाई कार्यसम्पादन तथा मूल्याङ्कनका आधारमा थप एक कार्यकालको लागि पुनर्नियुक्ती दिएको हो ।

उहाँके पहिलो कार्यकाल जेठ ६ गते नै सिकएको थियो । कार्यकाल भित्रै पुनर्नियुक्ति नभए पछि संस्थानबाट विदा हुनुभएको थियो । तर सरकारले सोमबार उहाँलाई पुनर्नियुक्ति दिने निर्णय गरेको हो । पठकले मंगलबार नियुक्तिपत्र बुझेर बुधबारदेखि संस्थानमा हाजिर गर्नुभएको छ ।

थपिएको कार्यकालमा लामो समयदेखि थाति रहेको लेखापरिक्षण तथा साधारणसभाको कामलाई चाढो भन्दा चाँढो सम्पन्न गर्ने पाठकले जानकारी दिनुभयो ।