Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेशनललाईफ इन्स्योरेन्स कम्पनीद्वारा २५ लाखको बीमा दावी भुक्तानी

२०७८ जेष्ठ १३ गते


बैंकिङ खबर/ नेशनललाईफ इन्स्योरेन्स कम्पनी लि. लहान शाखाबाट रु २५ लाखको घातक रोग दावी भुक्तानी गरेको छ । दावी भुक्तानी बिहीबार सिरहा न.पा. लहान १ निवासी शकुन्तला पोद्दारले गरेको जीवन बीमा वापतको रकम उनको भतिज गोविन्द अग्रवाललाई घातक रोग दावी रकम रु २५ लाख बीमाङ्ग रकम वापत भुक्तानी गरिएको हो ।

शकुन्तला कुमारी पोद्दारले २०७६ असोज २७ गते रु २५ लाखको जीवन अमृत योजना खरिद गर्नु भएको थियो । दावी भुक्तानी कार्यक्रममा शाखा प्रमुख संजय कुमार सिंह, सिनयर एजेन्सी मेनेजर मोहन झा र निज पोद्दारको परिवारको उपस्थिती रहेको थियो । बीमा दावी भुक्तानी लिँदै बीमितका भतिजा गोविन्द अग्रवालले घातक रोग दावी भुक्तानी सरल र सहज रुपमा पाएको बताउनुभयो ।