Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेशनल लाइफको सीईओमा सुरेश खत्रीको नाम प्रस्ताव

२०७८ बैशाख १९ गते

बैंकिङ खबर/नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा सुरेश प्रसाद खत्रीलाई नियुक्त गर्ने प्रस्ताव गरिएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले खत्रीको नाम प्रस्ताव गरेसँगै स्वीकृतिका लागि बीमा समितिमा पठाएको छ ।

बीमा समितिले अन्तिम स्वीकृति दिए पछि मात्रै कम्पनीले आधिकारिक रुपमा खत्रीलाई नियुक्ती गर्न सक्ने छ । बीमा समितिले कम्पनीलाई छिटो भन्दा छिटो प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न दवाव दिँदै आएको थियो । समितिको निर्देशनसँगै कम्पनीले खत्रीलाई नै प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने प्रस्ताव गरेको हो ।