Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

आइएमई जनरल इन्स्योेरेन्सको बीमा शुल्क १०.४५ प्रतिशतले वृद्धि

२०७८ बैशाख १२ गते

बैंकिङ खबर/आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको बीमा शुल्क वृद्धि भएको छ । संस्थाको आइतबार भएको २३ औं वार्षिक साधारण सभामा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले समीक्षा वर्षमा रु.१ अरब ३९ करोड ९४ लाख बीमा शुल्क आर्जन गरी गत वर्षको दाँजोमा १०.४५ प्रतिशतले बीमा शुल्क वृद्धि भएको जानकारी गराउनुभयाे ।

चालु आ.ब.को चैत्र मसान्तसम्ममा कम्पनीले कूल १ अरब १४ करोड बीमा शुल्क आर्जन गरिसकेको प्रमुख कार्यकारी अधिकृत  श्रेष्ठले जानकारी गराउनुभयाे । अनलाईन मार्फत सञ्चालन भएको साधारणसभामा अध्यक्ष हेम राज ढकालले शेयरधनी महानुभावहरुलाई स्वागत गर्नुभएको थियो ।
अध्यक्ष ढकालले देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको छ भन्दै हाल बीमा सम्बन्धमा जनमानसको सोचमा क्रमश परिवर्तन भई रहेकोले आगामी दिनमा नेपाली बीमा बजार अझै फराकिलो हुनेछ भन्ने विश्वास लिएको बताउनुभयो ।

हाल कूल बीमाको पहुँच २६ प्रतिशत रहेको छ भने समग्र बीमाक्षेत्रको कूल ग्राहस्थ उत्पादनमा योगदान ३.४ प्रतिशत रहेको छ । बीमाको दायरामा वृद्धि भई व्यावसाय र मुनाफामा पनि क्रमश वृद्धि हुनेछ भन्ने विश्वास लिएको उहाँले बताउनुभयो ।

कम्पनीको व्यावसायमा भएको विस्तारसँगै जोखिम धारण क्षमतामा समेत बृद्धिको लागि कम्पनीले चुक्ता पूंजी र नेटवर्थमा वृद्धि गर्न आवश्यक हुने हुनाले हालको चुक्ता पूंजीको ७ प्रतिशतको दरले बोनस शेयर प्रदान गर्ने र सो पश्चात कम्पनीको नियमक निकाय बीमा समितिबाट स्वीकृत भए पश्चात जारी गर्ने गरी ४० प्रतिशतले हकप्रद शेयरको प्रस्ताव कम्पनीको २३ औं साधारण सभाबाट पारित भएको छ ।

अध्यक्ष ढकालले शेयरधनीले विगतका साधारण सभामा दिनुभएको अमूल्य सुझावको मनन गरी कम्पनीको आफ्नै केन्द्रीय कार्यालय प्रयोजनको लागि पानीपोखरी स्थित मुख्य सडकमा जोडिएको २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा खरिद गरिसकेको र आजको सभाको निर्देशन वमोजिमनै निकट भविष्यमानै उक्त जग्गामा भबन निर्माणको कार्य अगाडी बढाईने समेत जानकारी गराउनुभयो ।