
बैंकिङ खबर/बिमा समितिले बिमा गराएको आधारमा ऋण लगानी गर्दै आएका कम्पनीहरुलाई तत्कालै रोक्न निर्देशन दिएको छ ।
समितिले देशभर सञ्चालित १९ जीवन बिमा कम्पनीहरुलाई एकै पटक पत्राचार नै गरेर बिमा अभिकर्ताहरुलाई ऋण लगानी नगर्न निर्देशन दिएको हो ।
समितिका उप-निर्देशक ध्रुब तिमल्सिनाले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘अभिकर्ताको ऋण तथा सापटी विवरणलाई विश्लेषण गर्दा विभिन्न शिर्षकहरुमा उल्लेख कर्जा तथा सापटी प्रवाह गरेको प्रति समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।’
