Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वावलम्बन लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा उदयराज खतिवडा

२०७७ चैत्र २२ गते

बैंकिङ खबर/  स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारी उदयराज खतिवडालाई दिइएको छ । सञ्चालक समितिले खतिवडालाई सिइओमा नियुक्त गरेको हो ।

सञ्चालक समितिको बिहीबार बसेको बैठकले २६ चैतदेखि पदमा बहाल हुने गरी खतिवडालाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको लघुवित्तले जनाएको छ । खतिवडासित लामो समय लघुवित्त क्षेत्रमा काम गरेको अनुभव छ । यसअघि संस्थाको कार्यकारी नेतृत्व चन्द्रमणि चौलागाईंले गर्दै आएका थिए ।