
बैंकिङ खबर/के तपाईंलाई बेरोजगार हुनुहुन्छ ?,बैंकको जागिर खोजिरहनुभएको छ । नेपालीहरुका लागि अहिले विभिन्न बैंकहरुले सुनौलो अवसर सृजना गरेका छन् ।
यी बैंकमा खुलेका छन् रोजगार
नेपाल बैंक
नेपाल बैंक लिमिटेडमा करिव दुई सय जनाका लागि रोजगारी खुलेको छ । सोका लागि अनलाइन दरखास्त आह्वान गरिएको छ । प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ भने सहायक र तह ३ कनिष्ठ सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ । नेपाल बैंकले एक सूचना प्रकाशन गरी लोक सेवा आयोगको सहमतिअनुसार रिक्त पदहरूमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन आह्वान गरेको हो । अनलाइन दरखास्त खुलेको र सो को अन्तिम म्याद चैत १२ गतेसम्म रहने छ । नेपाल बैकले सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरू अन्तर्गत सहायक कर्मचारी गरी एक सय ९२ जनाका लागि आवेदन आह्वान गरेको छ ।
नबिल बैंक
नबिल बैंकमा ठूलो संख्यामा रोजगारी खुलेको छ । बैंकले सूचना निकाल्दै करिब ९० जना कर्मचारी माग गरेको हो ।
बैंकले म्यानेजमेन्ट ट्रेनीतर्फ १५ जना, ट्रेनी एसिसटेन्टका लागि ७० जना (सातै प्रदेशका लागि) र ट्रेनी एसिसटेन्ट आइटी डिपार्टमेन्टका लागि ४ जना कर्मचारी माग गरेको छ । इच्छुक र योग्यता पुगेका नेपालीले अनलाइनबाटै चैत १० गतेसम्म आवेदन दिन सक्नेछन् ।राष्ट्रिय
सहकारी बैंक
राष्ट्रिय सहकारी बैंकले विभिन्न पदमा गरि कुल ६३ नयाँ कर्मचारी मागेको हो । बैंकले अधिकृत (कानुन) पदमा १ जना, सहायक अधिकृत (बैंकिङ व्यवसाय पदमा ११ जना, सहायक अधिकृत (सूचना प्रविधि) पदमा १ जना, बरिष्ठ सहायक (सूचना प्रविधि) पदमा २ जना, कनिष्ठ सहायक (बैंकिङ व्यवसाय) पदमा ४५ जना र कनिष्ठ सहायक (सूचना प्रविधि) पदमा ३ जना गरि कुल ६३ कर्मचारी माग गरेको हो ।
बैंकले इच्छुक तथा योग्य आवेदकलाई चैत्र १८ गते भित्र आवेदन दिन आग्रह गरेको छ । बैंकले अधिकृत र सहायक अधिकृत पदको लागि आवेदन दिन २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको, बरिष्ठ सहायक र कनिष्ठ सहायकको लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको, र महिला उम्मेदवारको लागि ४० वर्ष ननाघेको हुनु पर्ने जनाएको छ ।
अधिकृत (कानुन)को लागि कानुन विषयमा स्नातक गरि बैंक तथा वित्तीय संस्थाको कानुन विभागमा ३ वर्ष काम गरेको हुनु पर्ने, सहायक अधिकृत (बैंकिङ ब्यबसाय) को लागि स्नातकोतर वा स्नातक गरि बैंक तथा वित्तीय संस्थामा ३ वर्ष काम गरेको हुनुपर्ने, सहायक अधिकृत (सूचना प्रविधि) को लागि आइटी विषयमा स्नातकोतर गरि बैंक तथा वित्तीय संस्थामा ३ वर्ष काम गरेको हुनु पर्ने, बरिष्ठ सहायक (सूचना प्रविधि) को लागि आइटी विषयमा स्नातक वा प्लस टु उतिर्ण गरि बैंक तथा वित्तीय संस्थामा २ वर्ष काम गरेको हुनु पर्ने बैंकले उल्लेख गरेको छ । त्यस्तै कनिष्ठ सहायक (बैंकिङ व्यवसाय) को लागि व्यवस्थापन विषयमा प्लस टु उतिर्ण गरेको तथा कनिष्ठ सहायक (सूचना प्रविधि)को लागि कम्प्युटर विषयमा प्लस टु गरेको हुनु पर्ने छ ।