Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा समितिको अध्यक्षमा पूर्वसचिव सूर्यप्रसाद सिलवाल नियुक्त

२०७७ माघ १९ गते

बैंकिङ खबर । लामो समयपछि बीमा समितिले नयाँ अध्यक्ष पाएको छ । सरकारले बीमा समितिको अध्यक्षमा पूर्वसचिव सूर्यप्रसाद सिलवाललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई बीमा समितिको अध्यक्ष बनाउने निर्णय गरिएको हो । सिलवाललाई अध्यक्ष बनाउन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रिपरिषदमा सिफारिस गरेका थिए। सोही सिफारीस बमोजिम सिलवाल बीमा समितिको अध्यक्ष भएका छन् । बीमा समितिमा चिरंजीवि चापागाईको कार्यकाल सकिएपछि समिति अध्यक्षबीहिन बनेको थियो ।