Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एफपीओ मूल्य कसरी निर्धारण गर्ने ? धितोपत्र बोर्डले तयार गर्यो यस्तो विधि

२०७३ श्रावण २८ गते

fpo1नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशन गरी सूचिकृत भईसकेका कम्पनीको फर्दर पब्लिक इस्यू (एफपिओ) को मूल्य निर्धारण विधि तथा आधारहरु तयार गरेको छ । बोर्डले एफपिओको मूल्य निर्धारणका आधार र विधिहरु सिफारीश गर्न गठन गरेको समितको प्रतिवेदनका आधारमा मूल्य निर्धारण विधि तयार पारेको हो । 

मूल्य निर्धारणका आधारहरु
अब एफपिओको मूल्य निर्धारण गर्दा सम्बन्धित संस्थाको विगत , वर्तमान र भविष्यको वित्तीय विवरणको मूल्याङ्न तथा औषत बजारमूल्यका आधारमा गरिनेछ । विशेषगरि सम्बन्धित कम्पनीको पूँजीकृत भएको आम्दानी, प्रतिशेयर खुद सम्पतिको मूल्य, १८० दिनको औषत बजारमूल्य र भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्यको आधारमा एफपिओको मूल्य निर्धारण गरिनेछ । सूचिकृत संस्थाले बोर्डले तय गरेको आधार र विधि अनुसार मूल्य गणना गर्ने र सबैविधिबाट उपलब्ध भएको कुल मूल्यको सामान्य औसत गणनागरि मूल्य निर्धारण गर्नुपर्नेछ ।

साथै सूचिकृत संगठित संस्थाले एफपिओ निष्कासनको लागि साधारणसभाबाट अनुमोदन भएको चार महिनाभित्रमा बोर्डमा आवेदन दिई सक्नुपर्नेछ । त्यसैगरि सम्बन्धीत कम्पनीले मूल्य निर्धारण गर्दा बोर्डले तय गरेको विधी बमोजिम भए नभएको औचित्य समेत प्रष्टयाउनुपर्ने धितोपत्र बोर्डद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

एफपिओको मूल्य निर्धारणमा एकरुपता ल्याउनको लागि यस्तो विधि ल्याएको बोर्डले जनाएको छ । अंकित मूल्य भन्दा बढी मूल्य तोकी निष्काशन गर्दा मूल्य निर्धारण प्रक्रिया स्वच्छ, निष्पक्ष र पारदर्शी हुने बोर्डले अपेक्षा गरेको छ ।