Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

लाभांश पारित गर्न ग्लोबल आइएमई लघुवित्तद्धारा साधारणसभा आह्वान

२०७७ पुष ८ गते

बैंकिङ खबर । ग्लोबल आइएमइ लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्न आठौ वार्षिक साधारणसभा आह्वान गरेको छ। लघुवित्तले पुष २९ गते विहान ९ बजे गेट वे हिमालयन रिसोर्ट लमजुङमा सभा बोलाएको हो। साधारणसभामा लघुवित्तले २७.४७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनकामे लागि लघुवित्तले पुस १५ गते बुकक्लोज गर्ने भएकोले पुस १४ गतेसम्म कायम शेयरधनीहरुले लघुवित्तले वितरण गर्ने लाभांश पाउनेछन्।