Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

रिलायन्स लाइफ इन्स्योरेन्सले नेपाल स्टारको विजेता लाई एक करोड बराबरको बीमा योजना प्रदान गर्ने

२०७७ मंसिर ३० गते

 

बैंकिङ खबर । रिलायन्स लाइफ इन्स्योरेन्सले नेपाल स्टारको विजेता लाई एक करोड बराबरको जीवनशान्ति बीमा योजना प्रदान गर्ने भएको छ । यसको अतिरिक्त कम्पनीले दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई पचास लाख बराबरको जीवनशान्ति बीमा योजना प्रदान गर्ने भएको छ । सो सम्बन्धि सम्झौता पत्रमा रिलायन्स लाइफ इन्स्योरेन्स का प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र कि एडभरटाजिङ सर्भिस प्रा.लि. का प्रबन्ध निर्देशक रबिन्द्र कुमार रिजालले एक कार्यक्रमका बीचहस्ताक्षर गर्नुभएको थियो । सम्झौता कार्यक्रममा कार्यक्रमका नेपाल स्टारका निर्णायक मण्डलका सदस्य वरिष्ठ संगीतकार आलोक र राम कृष्ण ढकाल लगायत कम्पनीका वरिष्ठ पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।