
बैंकिङ खबर । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड पाचौं बर्षमा प्रवेश गरेको छ । बुधबार कम्पनीले चौथो बार्षिकोत्सव सम्पन्न गरेको हो । सोहि बार्षिकोत्सव उत्सवको अवसरमा लघुवित्तले ललितपुरको लगनखेलमा तातो भात अभियान अन्तर्गत एकदिनको लागि बृद्धबृद्धाहरुलाई भोजनको प्रबन्ध गरेको छ । लघुवित्तले हाल १८ वटा जिल्लामा ३६ वटा शाखा कार्यालयहरु मार्फत ग्रामिण क्षेत्रका करिब २६ हजार सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरीरहेको छ । संस्थाको हाल ३७ करोड बचत रहेको छ भने १ अर्ब ५४ करोड कर्जा लगानी गरेको छ ।


