Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

साना किसान विकास लघुवित्तले गर्याे लाभांश घोषणा

२०७७ मंसिर २३ गते

बैंकिङ खबर । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । संस्थाले चालू आर्थिक वर्षको मूनाफाबाट २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव ल्याएको हो । कम्पनीको मंसिर २३ गते, मंगल बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत बोनस शेयर र १.३१५७८९४७४ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २६.३१५७८९४७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।