Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

लगानीको अवसरः इन्स्योरेन्सको ६० लाख कित्ता आईपीओ मंसिर २९ गतेदेखि खुल्दै

२०७७ मंसिर २० गते

बैंकिङ खबर । प्रभु लाइफ इन्स्योरेन्सको साधारण सेयर ‘आईपीओ’ निष्कासनको मिति तय भएको छ । इन्स्योरेन्स कम्पनीले १०० अंकित दरमा ६० करोड बराबरको ६० लाख कित्ता आईपीओको आवेदन मंसिर २९ गतेदेखि खुल्ला गर्ने भएको हो । कम्पनीले आईपीओ निष्कासनको लागि नियनमक निकाय नेपाल धितोपत्र बोर्डबाट मंसिर ११ अनुमति पाएको थियो। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। नेपालको पहिलो क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले प्रभु लाइफको यो आईपीओलाई औसतभन्दा तल आधारहरु जनाउने आइपीओ ग्रेड ४ प्रदान गरेको छ । कम्पनीले मंसिर २० गते (आज)आव्हन पत्र जारी गर्दै साधारण सेयर बिक्री गर्ने मिति तय  गरेको हो । बिक्री प्रबन्धकका अनुसार इच्छुक लगानीकर्ताले कम्पनीको आईपीओमा मंसिर २९ गते सोमबारदेखि आवेद दिन सक्नेछन् ।