Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विदेशी मुद्रामा खाता खोल्नेले १५ हजार डलरसम्म खर्च गर्न पाउने

२०७३ श्रावण २४ गते

foriegn currencyनेपाल राष्ट्र बैकले विदेशी मुद्रामा खाता खोल्ने नेपालीले बर्षभरीमा खर्च गर्न पाउने रकममा ५ हजार बढाएको छ । राष्ट्र बैंकले त्यस्तो रकम अब १५ हजार रुपैयाँ अमेरिकी डलरसम्म खर्च पाउने गरी व्यवस्था संशोधन गरेको हो । यसअघि बार्षिक १० हजार अमेरिकी डलर मात्रै खर्च गर्न पाउने ब्यवस्था थियो । यो व्यवस्था आइतबारबाट लागु भएको राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय विभागले जनाएको छ । विभागका अनुसार विदेशी मुद्रा आर्जन गर्ने नेपालीले नेपालमा बैंकमा खाता खोलेर विदेशी मुद्रा जम्मा गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो । यो पासपोर्ट एक्सचेन्जबाहेकको सुविधा हो । भिसा लागेको पासपोर्टको आधारमा प्रत्येक नेपालीले २ हजार ५ सय अमेरिकी डलर खर्च गर्ने सुविधा पाउँछ । विदेशी मुद्रामा खाता खोल्ने नेपालीलाई दिइएको यो थप सुविधा हो । राष्ट्र बैंकका अनुसार थप सुविधा रकमवाट नेपालीले विदेशवाट बस्तु तथा सेवा खरिद गर्न पाउनेछन् ।