Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

रिलायन्स लाइफ इन्स्योरेन्सद्धारा रक्तदान कार्यक्रम सम्पन्न

२०७७ मंसिर १० गते

बैंकिङ खबर । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।कम्पनीको कर्पोरेट कार्यालय सहित देशभर रहेका क्षेत्रीय कार्यालय र शाखा/उप—शाखा गरी ११ स्थानमा सम्पन्न सो रक्तदान कार्यक्रममा जम्मा ३७९ जनाले रक्तदान गरेका थिए । हाल कोभिड—१९ बाट उत्पन्न विषम परिस्थितिमा चरम रक्त अभावलाई मध्यनजर गर्दै कम्पनीले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सो रक्तदान कार्यक्रम देशभर संचालन गरेको हो । उक्त कार्यक्रममा कम्पनीका संचालक, शेयरधनी, रिलायन्स साथी, संघ संस्थाका प्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको राम्रो उपस्थिति रहेको थियो ।