Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

साताभरमा तोलाको ६ सय महँगियो सुन 

२०७३ श्रावण २१ गते

goldसाताको अन्तिम दिन सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको ५९ हजार ५ सय रुपैयाँका दरले कारोबार भइरहेको छ भने तोजावी सुन तोलाको ५९ हजार २ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको छ । यसअघि, विहीबार पनि सुन सोही मूल्यमा किनबेच भइरहेको थियो । 

यो साताभर नै धेरै दिन सुनको मूल्य स्थिर रह्यो । गत साताको शुक्रबार छापावाल सुन तोलाको ५८ हजार ९ सय रुपैयाँका दरले कारोबार भइरहेको थियो भने तेजावी सुन तोलाको ५८ हजार ६ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको थियो । यस आधारबाट हेर्दा यो साताभरमा सुन तोलामा ६ सय रुपैयाँ महँगो भएको छ । यस बीचमा साताको आइतबार तोलाको १ सय रुपैयाँ महँगिएको सुन सोमबार र मंगलबार स्थिर रहँदै बुधबार तोलामा ५ सय रुपैयाँ महँगियो भने विहीबार र शुक्रबार पनि बुधबारकै मूल्यमा कारोबार भयो । 

चाँदीको मूल्य पनि शुक्रबार स्थिर रह्यो । गत साताको शुक्रबार तोलाको ९ सय १० रुपैयाँका कारोबार भइरहेको चाँदी यो साताको शुक्रबार पनि सोही मूल्य अर्थात तोलाको ९ सय १० रुपैयाँका दरले कारोबार भइरहेको छ । योबीचमा चाँदीको मूल्य बढ्ने र घट्ने भइरह्यो ।