Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

बैंकहरुमा रोजगारीको अवसर छानी छानी आवेदन दिनुहोस्

२०७७ कार्तिक २४ गते

बैंकिङ खबर । राष्ट्रिय बाणिज्य बैंकले विभिन्न उच्च पदमा कर्मचारी माग गरेको छ । उक्त बैंकले विज्ञका रुपमा काम गर्ने उच्च कर्मचारी माग गरेको हो । जसका लागि चार्टड एकाउन्ट अध्ययन गरेका व्यक्तिले आवेदन दिन सक्ने छन् । सु्चना प्रकाशित मितिले १५ दिन भित्र निवेदन दिन सकिने छ । उक्त सेवा करारका लागि कायम रहने जनाइएको छ ।

सिटिजन्स बैंकमा बिभिन्न पदका लागि रोजगारीको अवसर

यस्तै, सिटिजन्स बैंकमा बिभिन्न पदका लागि रोजगारीको खुलेको छ । बैंकले हालका शााहरु तथा नयाँ शाखाहरुका लागि कर्मचारीको माग गरेको हो । बैंकले असिस्टेन्ट मेनेजर, सिनियर अफीसर लगायतका पदमा आवेदन खुलाएको हो । इच्छुक व्यक्तिले नोवेम्बर २२ सम्म आवेदन दिन सक्ने जनाइएको छ ।

सनराइज बैंकमा इन्टर्नसिपको अवसर

सनराइज बैंकले पनि इन्टर्नसिपको लागि सूचना प्रकाशित गरेको छ । यसका लागि बैंकले ३१ डिसेम्बरसम्म आवेदन दिन सकिने जनाएको छ ।