
बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको ३० लाख कित्ता बोनस सेयर सूचिकृत भएको छ । संस्थाको आइतबार मात्रै २५ प्रतिशत बोनस अर्थात ३० लाख कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज ‘नेप्से’मा सूचिकृत भएको हो । अव यो शेयर डिम्याट खाता आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले गत पुस १३ गते समपन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।



