Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

फर्स्ट माइक्रोफाइनान्सले १३.६८ प्रतिशत लाभांश पारितको लागि आह्वान गर्याे साधारण सभा

२०७७ कार्तिक २३ गते

बैंकिङ खबर । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नाफाको १३.६८ प्रतिशत लाभांश घोषणा गरेको छ । लघुवित्त कम्पनीले घोषणा गरेको लाभांश पारित गर्नको लागि मंसिर १८ गते ११ औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। लघुवित्तले बिहान ११ बजे आम्रपाली ब्याङकेट, भाटभटेनी, काठमाडौँमा सो दिन सभा आयोजना गर्न लागेको हो। सभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर, ४.१८४२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्नेरगाभिने तथा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले मंसिर ५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउनुका साथै लाभांश प्राप्त गर्न सक्नेछन्।