Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मिर्मिरे लघुवित्तको आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न

२०७७ कार्तिक २२ गते

बैंकिङ खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय लंगडी पर्साको आयोजनामा लंगडी बजारमा सरसफाइ कार्यक्रम सम्पन्न भएकोे छ । बिहान ७ बजे शाखा कार्यालय बाट शुरु भएको सरसफाई कार्यक्रममा बजार परिसर तथा बजार परिसर अन्तर्गतका नालाहरुको सरसफाइ गरिएको थियो । कार्यक्रममा धोविनी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मसजित मिया, ईलाका प्रहरी कार्यालय लंगडीका प्र.ना.नि.सोम प्रसाद धिताल, समाजसेवी कमरुल होदा, शिक्षक सुधीर पटेल, शाखा कार्यालय लंगडीका शाखा प्रबन्धक किरण परियार, कर्मचारीहरु साथै पत्रकार र स्थानीय यूवाहरु लगायत करिब ६० जनाको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको समापनमा बोल्दै वडा अध्यक्ष मसजित मियाले सरसफाई हाम्रो सभ्यता हो, स्वच्छ तथा सफा बजारले यस क्षेत्रमा बसोबास गर्ने मानिसको सभ्यताको परिचय दिन्छ भन्दै यस्तो पुनित कार्यको आयोजना गरेकोमा मिर्मिरे लघुवित्तलाई धन्यवाद व्यक्त गरे । यस्तै, कार्यक्रममा बोल्दै शाखा प्रबन्धक किरण परियारले बजार सरसफाईका लागि बजार व्यवस्थापन समिति तथा बजारका व्यपारी वर्गहरुलाई सचेत गराउदैँ सफा गर्न सक्दैनौ भने फोहोर गर्ने अधिकार पनि नभएको बताउदैँ आगामी दिनमा समेत यस्ता राम्रो कार्यका लागि सहकार्य गर्न तयार रहेको बताएका थिए ।