Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

पहिलो त्रैमासमा स्वदेशी लघुवित्तको नाफा ७४ प्रतिशतले वृद्धि, नेटवर्थ कति ?

२०७७ कार्तिक १९ गते

बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासमा नाफा ७४ प्रतिशत वृद्धि गरेको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू १ करोड ९१ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू ३ करोड ३३ लाख पुगेको हो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू ९ करोड ९४ लाख खुद ब्याज आम्दानी गरेको छ । यो आम्दानी गत आवको पहिलो त्रैमासको तुलनामा ३० प्रतिशत वृद्धि भएको हो । त्यसैगरी कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू ५ करोड २४ लाख सञ्चालन नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ७४ प्रतिशत वृद्धि भएको हो । चुक्तापूँजी रू २७ करोड ६० लाख रहेको कम्पनीले जगेडा कोषमा रू १३ करोड ६८ लाखभन्दा बढी सञ्चित गरेको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू २ अर्ब ६९ करोड १६ लाख सापटि लिएर, रू १ अर्ब १८ करोड ७३ लाख निक्षेप संकलन गरेर रू ४ अर्ब १३ करोड १३ लाख कर्जा प्रवाह गरेको हो । सोही अवधिमा कम्पनीको निष्क्रिय कर्जा २ दशमलव ९९ प्रतिशत रहेको छ । यो कर्जा गत आवको पहिलो त्रैमासमा १ दशमलव ७० प्रतिशत थियो । कम्पनीको प्रतिशेयर आम्दानी रू ४८ दशमलव ४०, मूल्य आम्दानी अनुपात १६ दशमलव ५३, तरलता अनुपात १२ दशमलव २३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू १४९ दशमलव ५७ रहेको छ ।