
बैंकिङ खबर । कोरोना बिमाको भुक्तानी एक हप्ता भित्रै दिन बीमा समितिले निर्देशन दिएको छ । दाबी गरेको लामो समयसम्म पनि धेरैले भुक्तानी नपाएको चर्चा बढ्न थालेपछि समितिले यस्तो निर्देशन दिएको हो । बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले सबै भुक्तानी दिन निर्देशन दिइएको बताएका छन् । कागजात पुरा भएका र दाबी परेकालाई भुक्तानी दिन निर्देशन दिइएको उनको भनाई छ ।


