
बैंकिङ खबर । गुँरास लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवारसम्म रहेको छ । कम्पनीले कात्तिक २० गते बुक क्लोज गरेसँगै कात्तिक १९ गतेसम्म शेयर कायम गर्ने शेयरधनीले लाभांश पाउनेछन् । कम्पनीले १० औं वार्षिक साधारण सभा मंसिर ४ गते कम्पनीको प्रधान कार्यालय श्री राज भवन तिनकुने, काठमाडौंमा आयोजना गर्न लागेको छ । साधारण सभा बिहान १०:३० बजे हुने कम्पनीले जनाएको छ । सो सभाले हाल कायम रहेको चुक्तापूँजीको १० दशममलव ५० प्रतिशत अर्थात् शतप्रतिशत हकप्रद शेयर निष्कासन पश्चात कायम भएको पूँजीको ५ दशमलव २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै साधारण सभाको प्रस्तावमा सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने पाँच जना तथा सर्वसाधारण शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने एक जना गरी कुल छ जना सञ्चालकको निर्वाचन गर्ने रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू। ९३ करोड ८५ लाख २०हजार रहेको छ । शतप्रतिशत हकप्रद शेयर सूचीकरणपछि पूँजी रू १ अर्ब ८७ करोड ७० लाखभन्दा बढी पुग्नेछ । ५ दशमलव २५ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी रू १ अर्ब ९७ करोड ५५ लाख ४८ हजार पुग्नेछ ।


