मेगा बैंकमा जागीर खुलेको छ । बैंकले विभिन्न पदका लागि ७७ जना कर्मचारी माग गरेको हो । जसमध्ये, मेनेजर लेभलमा २ जना, अफिसर लेभलमा २९ जना र एसिस्टेन्ट लेभलमा रहेर काम गर्ने ४६ जना कर्मचारी काठमाडौँ लगायत विभिन्न शाखाका लागि आवश्यकता रहेको बैंकले जनाएको छ । बैंकले तोकेबमोजिम योग्यता पुगेका र इच्छुक व्यक्तिले १७ अगस्ट अर्थात भदौ १ गते साँझ ५ः३० बजेभित्रमा आवेदन बुझाइसक्नुपर्नेछ । आवेदन दिँदा अपेक्षित पारिश्रमिकसहितको निवेदन, एसएलसीदेखिको शैक्षिक प्रमाणपत्रको फोटोकपि, कतै काम गरेको भए सोको प्रमाणपत्र, नागरिकताको फोटोकपि र एकप्रति हालसालै खिचेको पासपोर्ट साइजको फोटो बुझाउनुपर्नेछ । काठमाडौँको कमलादीस्थित राइजिङ मलमा रहेको मेगा बैंकको केन्द्रिय कार्यालयको पो.ब.नं. २६५५९ मा सम्पूर्ण कागजपत्रहरु पठाउन बैंकले अनुरोध गरेको छ ।
थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।


