Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेको इन्स्योरेन्सको संस्थापक शेयरमा आवेदन दिने मंगलबार अन्तिम दिन

२०७७ कार्तिक ४ गते

बैंकिङ खबर । नेको इन्स्योरेन्सले लिलामीमा ल्याएको संस्थापक शेयरमा आवेदन दिने आज कार्तिक ४ गते अन्तिम दिन रहेको छ। कम्पनीले असोज २० गतेदेखि संस्थापक समुहको १० लाख ७० हजार २ सय ६ दशमलव ८४ कित्ता शेयर लिलाम गरेको हो । यस लिलाममा हाल कायम संस्थापक शेयर , फर्म , कम्पनी तथा संगठित संस्थाले आवेदन दिन सक्ने छन् । कम्पनी यी शेयरको मूल्य प्रति कित्ता ३९५ कायम गरेकोले इच्छुक लगानीकर्ताले सो भन्दा बढी रकम उल्लेख गरी बोलपत्र पेश गर्नु पर्ने छ । आवेदन दिँदा न्युनतम ५ हजार कित्ताको लागि दिनु पर्ने छ । शेयर लिलाम प्रक्रियाको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।