Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

एनआईसी एशिया बैंकमा खाता बन्द गर्नेको लर्को

२०७७ कार्तिक २ गते

बैंकिङ खबर । पछिल्लो समयमा एनआईसी एशिया बैंकबाट रकम झिक्ने र खाता बन्द गर्नेहरुको संख्या बढेको छ । कतिपयले बैंकसँगको लफडा भोग्न र उजुरी हाल्न भन्दा खाता नै बन्द गर्ने सजिलो बाटो अपनाएका छन् । समाचार स्रोतका अनुसार देशभरीका शाखाबाट गरी करिव १३ हजार ग्राहकले खाता बन्द गरेका छन् । एनआईसी एशिया बैंकले ग्राहकको रकम झिकेको समाचार आएपछि एनआईसी एशिया बैंकका ग्राहकहरु हच्किएका छन् । एनआईसी एशिया बैंकका बिरुद्ध धेरै सुचनाहरु आएपछि र बैंकले रकम नै गायब बनाएको भन्दै ग्राहकले पीडा व्यक्त गरेपछि बैंकिङ खबरले नेपाल राष्ट्र बैंकमा एनआईसी एशिया बैंकका विषयमा जानकारी लिने जमर्को गर्यो । नेपाल राष्ट्र बैंकमा हालसम्म उक्त बैंकका बिरुद्ध करिव ३ सय उजुरी परेका छन् । ग्राहकहरुले आफू ठगीएको महसुस गरेपछि उक्त बैंकबाट खाता बन्द गर्न थालेका हुन् । हरेक दिनजसो एनआईसी एशिया बैंकका बिरुद्ध मुद्धाहरु पर्न थालेपछि नेपाल राष्ट्र बैंकले उक्त बैंकलाई सुछ्म निगरानीमा राखेको छ । यसअघि पनि नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकमाथि पटक पटक कार्बही गरिसकेको छ । तर अहिले भने अत्याधिक उजुरीहरु बढेको राष्ट्र बैंक स्रोतले जनाएको छ । कुनै पनि बैंकबाट ग्राहकले ठगिएको महसूस गरेमा केन्द्रीय बैंकमा उजुरी गर्न सक्छ । सोही अनुसार नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकमा पनि केही उजुरीहरु विभिन्न बैंकवित्तका विरुद्ध पर्ने गरेका छन् । पछिल्लो समय राष्ट्र बैंकमा आएका अधिकाँस उजुरी एनआईसी एशिया बैंकका विरुद्धमा छन् । सयौ उजुरीहरु परेपछि नेपाल राष्ट्र बैंकले उक्त बैंकलाई छिट्टै छानविनको दायरामा ल्याउने तयारी गरेको राष्ट्र बैंक स्रोलको भनाई छ । 

यो पनि पढ्नुहोस्

एनआईसी एशिया बैंकले ग्राहकको खाताबाट पैसा निकाल्यो

दुईमहिना व्याज नतिर्दा एनआईसी एशिया बैंकले घर कव्जा गर्यो !

बैंकिङ खबरलाई प्राप्त एनआईसी एशिया बैंकको ठगी धन्दा सुन्दै आङ जिरिङ्ग हुन्छ (प्रतिक्षा गर्नुहोस)

  • भुक्तानी गर्नुपर्ने निक्षेपको व्याज भुक्तानी नगरेको
  • बैंकमा जम्मा गरेको रकम ग्राहकको खाताबाट बैंकले नै झिक्ने गरेको
  • नौ प्रतिशत व्याज तोकिएको कर्जामा १७ प्रतिशतसम्म व्याज असुली
  • ऋणीले व्याज बापत बुझाएको रकम हर्जाना भन्दै जफत गर्दै 
  • सिइओ र अध्यक्षको मिलेमतोमा घर कव्जा गर्ने अभियान
  • एनआईसी एशिया बैंकको ठगीधन्दा यो भन्दा बलियो प्रमाण के चाहिन्छ ?
Ad